पृष्ठभूमिः

पृष्ठभूमिः भएको पाइदैन र गहतराज समुदायको वास्तविक अवस्थाको बारे जानकारी नभएको अवस्थामा गहतराज सञ्जालको उपस्थितिले एउटा गहतराज समुदायको वास्तविकता बाहिर ल्याउन अध्ययन, अनुसन्धान लगायतका विषयमा महत्वपूर्ण उपलब्धीको रुपमा लिँदै यो समुदायप्रति महत्वपूर्ण योगदान रहने विश्वासका साथ गहतराज सञ्जालको स्थापना गरिएको छ । विश्व मानव इतिहासमा सर्वप्रथम रामपिथेकस पश्चात विभिन्न यूग र कालखण्ड पार गर्दै ५ हजार बर्ष अघि युरोपबाट मध्यएशियाको कपिसिया हुँदै मष्टोपूजक संस्कृति सँगै पश्चिम नेपाल आएको खस सभ्यता अन्तर्गत रहेको विल्कुलै स्वतन्त्र थरको रुपमा गहतराज थरको उदय भएको पाइन्छ । हाल सम्म गहतराज परिवारको वंशज कहाँबाट कहिले देखि उदय भयो भन्ने कुराको यकिन नभएता पनि लगभग २५ सय बर्ष पहिलाबाट गहतराजको उदय भएको अनुमानित आकलन रहेको छ तर यो नै अन्तिम निष्कर्ष भने होइन । आज नेपालका प्रायः सबै भागमा गहतराज समुदायको बसोबास रहेको छ । हाल सम्म कुनै पनि तरिकाले देश तथा विदेशमा गहतराज थरको पहिचान बिना नै विश्वका धेरै देश हरुमा गहतराज समुदायहरु रहेको पाइन्छ । हालसम्म नेपालमा गहतराज समुदायको उपस्थिति कति छ भन्ने यकिन नभए पनि हरेक जिल्लामा गहतराज समुदायको बसोबास रहेको पाइन्छ । गहतराज समुदायका कुल देवता एउटै भएपनि समयको अन्तराल सँगै ठाउँ विशेष, संस्कृति, रितिरिवाज र गोत्रको प्रयोग भएको पाइएको छ । हालसम्म नेपालका गहतराज समुदायको बारेमा अध्ययन अनुसन्धान

प्रस्तावनाः

प्रस्तावनाः यताको ऐतिहासिक विकास क्रमको पृष्ठभूमिलाई केलाएर हेर्दा विश्वमा रहेको समुदायको सर्वाङ्गीर्ण विकासका लागि सांगठानिक प्रक्रियाबाट मात्र सम्भव भएको हुँदा मानव सभ्यतामा रही प्रगतिको बाटोमा लम्कन पृथक पृथक रुपमा देशका विभिन्न ठाउँमा छरिएर बसोबास गर्नु भएका समुदायलाई एउटै परिवारको रुपमा बाँड्ने उद्देश्यले गहतराज सञ्जाल संस्थाको स्थापना गर्न आवश्यक भएकाले गहतराज सञ्जालको स्थापना गरी विकास, समृद्धि र सञ्चालन का लागि अवधारणा पत्र तयार पारिएको छ ।

परिभाषाः

मानिस एउटा कुनामा बसेर आज संसारलाई नियाली रहेको छ । विश्व यति सागुँरो भइ सक्योकि, एक सेकेण्डमा संसारका सबै ठाउँमा सम्पर्क जोड्न सकिन्छ । यो विज्ञानको चमत्कार हो । यो एउटा जालो हो । गहतराज सञ्जाल संसारका विभिन्न ठाउँमा बसोबास गरीरहनु भएका सबै गहतराज दाजु भाई हरु लाई एउटै परिवारमा जोड्ने जालो सञ्जालको रुपमा गहतराज सञ्जालको स्थापना गरिएको हो । २०७१ सालबाट स्थापना गरिएको गहतराज सञ्जालको लोगो हातमा हात समाती बनाइएको छ । यसले हामी गहतराज समुदायको एकतामा विशेष जोड दिएको छ ।

उद्देश्यः

गहतराज सञ्जालको स्थापना पश्चात विभिन्न चरणहरु पार गरी भेला, गोष्ठी र संगठन विस्तार सँगै नेपालको कानूनमा आबद्ध भएर दर्ता भए पश्चातको ऐतिहासिक प्रथम महाधिवेशन पश्चात चयन भएको कार्यकारी समितिले गहतराज सञ्जालको बार्षिक साथै त्रिबर्षिय, पञ्चबर्षिय योजना बनाई कार्यान्वयन गर्नेछ । यस कार्यले गहतराज समुदायलाई समृद्धि तर्फ उन्मुख हुनेछ ।

विभागहरुः

१)वंशावलीअध्ययन विभाग
२)थर संशोधन विभाग
३)विपद् व्यवस्थापन विभाग
४)न्यायीकविभाग
५)स्वास्थ्य विभाग
६)साँस्कृतिक विभाग
७)आर्थिक विभाग
८)संचार विभाग
९)शिक्षा विभाग
१०)भौतिकपूर्वाधार विभाग
११)कलातथा साहित्य विभाग
१२)खोज तथा अनुसन्धान
१३)तथ्यांक संकलन विभाग
१४)स्कुलिङ विभाग
१५)संगठन विभाग।

१)वंशावली अध्ययन विभाग

वंशावली अध्ययन विभाग अन्तर्गत एक विज्ञहरु सम्मिलित वंशावली अध्ययन समिति गठन गरिनेछ । यो विभागले गहतराज समुदायको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्नेछ । यस समितिले गहतराज हरुको पुर्खा, पुस्ता, उद्गम स्थल लगायत सम्पूर्ण विषयमा वंशजहरुको अध्ययन गर्नेछ । यो निकै जिम्मेवार रहेर बार्षिक रुपमा प्रतिवेदन पेश गर्दै पाँचबर्ष भित्रमा वंशावली अध्ययन गर्ने कार्य सक्ने योजनाका साथ कार्य गर्नेछ ।

२) थर गोत्र संशोधन

गहतराज समुदायमा हाल सम्म पनि विद्यमान समस्याका रुपमा थर लेख्न पाउने अधिकार लाई सुनिश्चित गर्दै बनेका नागरीकता साथै सम्पूर्ण प्रमाणपत्र, जग्गा धनिपूर्जा लगायत सरकारी कामकाजका प्रमाणपत्रमा थर संशोधन गरी गहतराज लेख्न पाउने निश्चिन्तताका लागि कानूनी रुपमै सर्वोच्च अदालतमा निवेदन गरी उक्त निर्णयलाई जिल्ला जिल्लामा लागू गरी सहज रुपमा थर संशोधन गर्ने वातावरण बनाईनेछ ।

३) विपद् व्यवस्थापन विभाग

यो विभाग गहतराज समुदायमा भौतिक आइ पर्ने विपत्ती छिटोभन्दा छिटो उद्धार गर्नका लागि परिचालन हुनेछ । यो विभाग अन्तर्गत बाढी पहिरो, भुकम्प, आगलागी तथा अन्य आपत्कालिन दुःखद् घटनामा उद्धारका लागि यो विभागले काम गर्नेछ । यो विभाग अन्तर्गत केन्द्रबाट प्रदेश हुँदै जिल्ला र पालिका स्तरसम्म विभाग गठन गरी रेस्क्यू सम्बन्धि प्रशिक्षण तालिम संचालन गरिनेछ । यस कार्यले गहतराज सञ्जालमा विपद्को बेलामा राहातपुग्ने परिकल्पना गरिएको छ ।

४) न्यायीकविभाग

गहतराज समुदायमा विभिन्न कारण अन्यायमा परेका गहतराज दाज ुभाईलाई न्याय दिलाउन समन्वयकारी भूमिका रहनेगरी कार्य गरिनेछ । यस अन्तर्गत पिडित पक्षले गहतराज सञ्जालको न्यायीक समितिमा निवेदन गरेमा दुबै पक्षको कुरा बुझी कानूनको ख्याल गरी दुबै पक्षलाई न्याय हुने गरी मेलमिलाप गराइनेछ । यसले गहतराज परिवारको एकतालाई मजबुद बनाउनेछ । तर नेपालको कानूनले दण्डित गर्ने विषयमा भने कुनैपनि कारवाही सञ्चालन गरिनेछैन ।

५) स्वास्थ्य विभाग

यो विभाग गहतराज सञ्जालको स्वास्थ्य विभाग अन्तर्गत गठन गरिनेछ । यसले केन्द्रसँग समन्वय गरी बिरामी भएका गहतराज परिवारका सदस्यहरुलाई आर्थिक वाविविध कारण उपचार नपाएको अवस्थामा समन्वयकारी भूमिका खेल्नेछ । यस विभागले अस्पतालमा आवश्यकता अनुसार छलफल गरी अधिकतम् सुविधा उपलब्ध गराउनेछ । साथै जटिल रोगको उपचार गर्नुपरेमा विरामीको लागि सहयोग संकलन अभियान सञ्चालन गरी बिरामीको नाममा सहयोग रकम संकलन गर्नेछ । उक्त अभियानमा संकलन भएको रकम र सहयोगीदाताको नाम रजिष्टर गरी स्वास्थ्य विभागमा केन्द्रमा प्रतिवेदन पेश गर्नेछ । यसको रेकर्ड केन्द्रले सुरक्षित राख्नेछ ।

६) सांस्कृतिक विभाग

साँस्कृतिक विभाग अन्तर्गत गहतराज समुदायमा भएका विभिन्न संस्कृति रितिरिवाज, चालचलनलाई एकरुपतामा ल्याउने काम गर्नेछ । यस विभाग अन्तर्गत गहतराज समुदायको जन्म, मृत्यू, विवाह, कूलपूजा, गोत्र साथै अन्य धर्म अनुसारका विविध प्रक्रियालाई एउटै बनाएर गहतराज दाजु भाई हरु लाई एक परिवारमा मजबुत रुपमा गाँस्न सहयोग पु¥याउने भएकोले यो विभाग महत्वपूर्ण रहेको छ ।

७) आर्थिक विभाग

आर्थिक विभाग संस्थाको मेरुदण्ड हो । हरेक सफलतामा आर्थिक विभागको भूमिका तथा जिम्मेवारी रहन्छ । हरेक बर्ष संस्था सञ्चालन देखि दैनिक आयव्यय साथै अन्य आर्थिक आय आर्जनको लागि कार्य गर्न पर्ने बार्षिक आम्दानी खर्चको विवरण राख्नुपर्ने जस्ता महत्वपूर्ण काम भएको हुँदा कोषाध्यक्षको संयोजकत्वमा आर्थिक विभाग गठन गरिनेछ । यसले आर्थिक निति तयार गरी कार्यान्वयन गर्नेछ ।

८) सञ्चार विभाग

यो विभाग गहतराज सञ्जालको चौथो अंग महत्वपूर्ण विभाग हो । यस विभागमा गहतराज सञ्जालको भविष्य अडिएको हुन्छ । यो विभाग केन्द्रीय महा सचिव, सचिवको नेतृत्वमा गठन हुनेछ । यस विभागका माध्यमबाट गहतराज सञ्जालका हरेक प्रगति विवरणहरु सार्वजनिक गरिनेछ । यस विभाग अन्तर्गत गहतराज सञ्जालको सफ्टवेयर युट्यूब च्यानलको माध्यमबाट हरेक ताजा समाचार प्राप्त हुनेछ । साथै पत्रपत्रिका प्रकाशन हुने छन ।

९) शिक्षा विभाग

शिक्षा विभाग अन्तर्गत गहतराज समुदायका बालबालिकाहरु को शैक्षिक अवस्थालाई ध्यानमा राखी रचनात्मक कार्यक्रम संचालन गरिनेछ । गहतराज परिवारका निम्न स्तरका बालबालिकाहरु लाई शिक्षाको पहुँच सम्म पु¥याउनका लागि कलम कपी संकलन र वितरण गर्नेछ । यो योजना हरेक सरकारी विद्यालयमा संचालन गरिनेछ । यो कार्यक्रम प्राइभेट बोर्डिङमा लागू गरिने छैन । तर विभिन्न समयमा देशब्यापी शैक्षिक योजनाका कार्यक्रमहरु भने समान रुपले संचालन गरिनेछ ।

१०)भौतिक पूर्वाधार विभाग

गहतराज समुदायका लागिआवश्यक पर्ने भौतिक संरचनाहरु निर्माण गर्ने कार्य यस विभाग अन्तर्गत गरिनेछ । यस विभाग अन्तर्गत कुलपूजाका लागि प्रतिष्ठान भवन, मन्दिर, पुल पार्टी आदि संरचना यस विभाग अन्तर्गत निर्माण गरिनेछ । गहतराज समुदाय भित्र पितृ उद्धारका लागि पुल पार्टी बनाउने प्रचलन रही आएको मा अब यस विभाग अन्तर्गत विभिन्न ठाउँमा भौतिक संरचना निर्माण हुनेछ ।

११) कला तथा साहित्य विभाग

यस विभाग अन्तर्गत कलातथा साहित्य सिर्जनालाई संठगित रुपमा अघि बढाउने कार्य गरिनेछ। कलार साहित्य गहतराज सञ्जाल संस्थाको गहनाहो । यस विभाग अन्तर्गत गहतराज समुदायको कलाकारिता लाई प्रबद्र्धन गर्दै साहित्यको संरक्षण गरिनेछ । समय समयमा गहतराज समुदायमा लुकेका प्रतिभालाई उजागर गर्नको लागि केन्द्रीय समितिले कलातथा साहित्य अन्तर्गत सांगितिक कार्यक्रम तथा साहित्य गोष्ठीको आयोजना गरी कला र साहित्यको संरक्षण र सम्बद्र्धन गरिनेछ ।

१२) खोज तथा अनुसन्धान विभाग

यस विभाग अन्तर्गत विभिन्न समय र कालखण्डमा गहतराज समुदायको संस्कृति, रितिरीवाज, भाषा, भेषभूषा, ऐतिहासिक तथा पुरातात्विक विषयमा अध्ययन गरिनेछ । यस कार्यक्रमका लागि विभिन्न समयमा घटेका घटना प्रमाणहरुको अध्ययन गरिनेछ । सत्य तथ्य प्रमाणित गर्नेछ । यस विभागले वंशावली अध्ययनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसको अध्ययनको दायरा धेरै फराकिलो हुनेछ । यस विभागले तथ्य र प्रमाणको आधारमा कार्यक्रम संचालन गर्नेछ ।

१३) तथ्यांक संकलन विभाग

यो विभाग गहतराज समुदायको तथ्यांक संकलनका लागि गठन गरिनेछ । यस अन्तर्गत विभागले देशब्यापी रुपमा गहतराज समुदायको जनगणना गर्नेछ । यो कार्यले गहतराज समुदायको वास्तविकत जनसंख्या पत्ता लाग्नेछ । यसबाट गहतराज सञ्जालको वास्तविक स्थितिको अध्ययन हुनेछ । यस कार्यले गहतराज समुदायमा रहेका बालबालिका, सडक बालिबालिका, युवा, बृद्धि, वकिल, सरकारी कर्मचा, वैदेशिक रोजगारी का लागि विदेशिएका युवा जनशक्ति, व्यक्तिगत सम्पत्ती, बार्षिक आय, पेशा, धर्म, संस्कृति लगायत सबैको तथ्यांक अध्ययन हुनेछ ।गहतराज सञ्जालले यस विभाग अन्तर्गतको हरेक पाँचबर्षमा जनगणना गरी तथ्यांक अध्यावधिक गरिनेछ । यसरी जनगणाना विकास र समृद्धिका लागि सफल निकास हो ।

१४) स्कुलिङ विभाग

यस विभाग अन्तर्गत गहतराज सञ्जाल केन्द्रीय समितिले योजनाबद्ध रुपमा विभिन्न समयमा गहतराज परिवारलाई गहतराज समुदायको विकास, समृद्धिका लागि प्रशिक्षण गर्ने कार्य गर्नेछ । यो कार्यक्रम गहतराज समुदायको बसोबास रहेका स्थानीय तह मा संचालन गरिनेछ । यसले गहतराज परिवार लाई मानसिक रुपमा सक्षम बनाउन सहयोग पुग्नेछ ।

१५) संगठन विभाग

संगठन बिना संस्थाको अस्तित्व रहदैन । यस संगठन विभागले केन्द्रको कार्यक्रम लाई स्थानीय स्तरमा कार्यान्वयन गर्न पनि संगठनको महत्वपूर्ण भूमिका रहन्छ । हालसम्म गठित समन्वय समितिलाई चलायमान बनाउदै आउने दिनमा सबै जिल्ला र स्थानीय तहसम्म संगठन निर्माण गरी गहतराज सञ्जालको कार्यक्रमलाई सञ्चालन गर्न यस विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसको नेतृत्वमा केन्द्रीय महासचिव रहनेगरी विभाग गठन हुनेछ ।